NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

नेप्से २४ अंकले घट्यो

काठमाडौं साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २४।७६ अंकले घटेर दुई हजार ६ सय २८।९१ बिन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०।६६ प्रतिशतले घटेको छ।

आज ३१४ कम्पनीका दुई करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन आठ अर्ब ७८ करोड बराबरको कारोबार भएकोमा आज सो रकम बढेको हो।

आज सेयर बजारका सबै समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह सर्वाधिक २।४७ प्रतिशतले घट्दा विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्। बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छन्।

घटेको बजारमा पन्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छन्। यो कम्पनीको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको हो। यसैगरी मध्य भोटोकोसी जलविद्यूत कम्पनी र शिवश्री हाइड्रोपावर क्रमशः ५।५५ प्रतिशत र ४।०४ प्रतिशतले बढेका छन्।

यता, पिअर इनर्जी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै भूगोल इनर्जी ९।९९ प्रतिशतले घट्दा कर्पोरेट विकास बैंक ६।४४ प्रतिशतले गिरावट भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष