सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव २० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव १५, वित्त शून्य दशमलव ७२, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३७ र लघुवित्त समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५२ करोड १८ लाख ५९ हजार ८६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको आठ लाख ३१ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया