NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ११ गते

बजेट पारित गराउने सत्ता पक्षीय दलको निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्ता पक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट संघीय संसद् प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।

सत्ता पक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विषयमा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष