सानिमा बैंकको सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । सानिमा बैंकले सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ । यस खाताअन्तर्गत ग्राहकले न्यूनतम पाँच लाख रुपैयाँको मुद्दति खाता खोल्न सक्नेछन् ।
यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल पाउन सक्नेछन् । साथै प्रतिफलमा लाग्ने कर रकम ग्राहक स्वंयले बेहोर्नु पर्ने बैंकले जनाएको छ । त्यस्तै बैंकले ग्राहकलाई व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण प्रदान गर्नुका साथै ग्राहकले दुई लाखसम्मको निशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
यस योजनाअन्तर्गत एक भन्दा बढी मुद्दति खाता समेत खोल्न सक्ने बैंकले जानकारी गराएको छ । सानिमा बैंकको सातै प्रदेशमा १२६ शाखा रहेका छन् भने ११५ वटा एटीएम सञ्चालनमा छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया