झिनो अंकले घट्यो नेप्से, करिब ६ अर्बको मात्र कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । बजार बन्द हुँदा झिनो अंकले बजार बढेको भए पनि १५ मिनेटको औसतका आधारमा अन्तिम मूल्य हुने भएकाले गर्दा बजार घटेको हो ।
बुधबार बजार ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेको छ । दिनभरमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ ।
बजार बन्द हुँदासम्म ५ अर्ब ९४ करोड ४२ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ ।
बुधबार ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बजार अवधिभर ३११ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ८२४ पटक शेयर किनबेच भएको छ ।
१३ वटा समूह मध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ ।
ताजा अपडेट
-
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा
-
पतञ्जलि जग्गा प्रकरण: पुर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश
-
संसदीय समितिको निष्कर्ष-‘सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक’
-
बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
-
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय
प्रतिक्रिया