झिनो अंकले घट्यो नेप्से, करिब ६ अर्बको मात्र कारोबार
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । बजार बन्द हुँदा झिनो अंकले बजार बढेको भए पनि १५ मिनेटको औसतका आधारमा अन्तिम मूल्य हुने भएकाले गर्दा बजार घटेको हो ।
बुधबार बजार ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेको छ । दिनभरमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ ।
बजार बन्द हुँदासम्म ५ अर्ब ९४ करोड ४२ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ ।
बुधबार ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बजार अवधिभर ३११ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ८२४ पटक शेयर किनबेच भएको छ ।
१३ वटा समूह मध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया