बाख्रा चराउन जाँदा ढुङ्गाले लागेर गम्भिर घाइते महिलालाई सैनिक हेलिकप्टरबाट उद्धार
मुगु । ढुङ्गा खसेर टाउको तथा आँखामा चोट लागि गम्भिर घाईते मुगुकी एक महिलालाई नेपाली सेनाले उद्धार गरेको छ । सोरु गाउँपालिका वडा नं.५ निवासी एक महिलालाई बाख्रा चराउन गएको अवस्थामा माथिबाट ढुङ्गा खसेर टाउको तथा आँखामा गम्भिर चोट लागेको थियो ।
नेपाली सेनाले घाइते महिलाको नाम उल्लेख गरेको छैन । ती महिलालाई पश्चिम एयर वेशको हेलिकप्टरले उद्धार गरेर सैनिक अस्पताल, नेपालगञ्ज ल्याएको जनाएको छ ।
अहिले ती महिलाको नेपालगञ्जस्थित कोहलपुर अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया