१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । १३ वर्षीया बालिकाको जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् ।
फ्रि फायर गेममार्फत उनीहरुको चिनजान रहेको तथा विगत एक वर्षदेखि फेसबुक, म्यासेन्जर तथा भिडियो कलमार्फत कुराकानी गदै विवाह गर्ने आश्वासन दिई गत चैत २९ गते बालिकालाई पाल्पाबाट काठमाडौं ल्याएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार गत चैत ३० गते राती टोखास्थित बसुन्धरामा जबरजस्ती करणी गरेको अनुसन्धानको क्रममा खुलेको छ । बालिकाको अभिभावकले छोरी हराएको भन्दै खोजी गर्न जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । सोही क्रममा प्रहरी परिसर काठमाडौं र मातहत वृत्तमार्फत खोजी गर्ने क्रममा बालिकालाई मातातिर्थबाट फेला पारेको प्रहरीले बताए ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया