रुस र बेलारुसका खेलाडीलाई विम्बल्डन खेलमा रोक
काठमाडौं । रुस र बेलारुसका टेनिस खेलाडीले यस वर्ष विश्वको सबैभन्दा प्रतिष्ठित ग्राण्डस्लाम विम्बल्डन खेल्न पाउने छैनन् ।
आयोजकहरूले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई यस वर्षको विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
विश्व नम्बर दुई पुरुष टेनिस खेलाडी रुसका ड्यानिल मेदभेदेव र महिला नम्बर चार बेलारुसकी अरिना साबालेन्का प्रतिबन्धबाट प्रभावित हुने शीर्ष खेलाडी हुन् । यस वर्षको विम्बल्डन प्रतियोगिता जुन २७ देखि जुलाई १० सम्म खेलाइनेछ ।
गत वर्ष साबालेन्का सेमिफाइनलमा पुगेकी थिइन् भने मेदभेदेव चौथो राउण्डमा मात्रै पुग्न सकेका थिए । विश्व नम्बर १५ खेलाडी रुसकी अनास्तासिया पाभल्युचेन्कोभा र बेलारुसकी भिक्टोरिया अजारेन्काले पनि विम्बल्डन गुमाउने भएका छन् ।
साथै अक्टुबरमा मस्काेमा हुने टेनिस खेल प्रतियाेगिता पनि स्थगित गरिएकाे छ ।
Russian and Belarusian players will not be allowed to compete at Wimbledon this year because of the invasion of Ukraine.
More ⬇️#BBCTennis
— BBC Sport (@BBCSport) April 20, 2022
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया