वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक
चितवन । पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देखेनन् । वर्षा लागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उनको यो पहिलो अनुभव हो ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताउँछन्। शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको छ । यो याममा विगतका वर्ष ३० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेका उनले बताए ।
पर्यटकको नभएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन् । चितवन फरेस्ट रिसोर्टका सञ्चालक भट्टराईले भने, ‘हाल २५ प्रतिशत कर्मचारी मात्र काममा छन् ।’ वर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेका तर भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतहमार्ग हुँदै आउन असहज भएकाले पर्यटक घटेका उनको अनुमान छ ।
विसं २०३३ देखि पर्यटन क्षेत्रमा लागेका गिरिधारी चौधरी आर्थिक मन्दीका कारण पर्यटक घटेका बताउँछन् । काठमाडौँ र बुटवलबाट आउने सडक असहज हुनु, हवाई यातायात पनि अनियमित हुँदा पर्यटक घटेका उनको ठम्म्याइ छ ।सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन् । चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ । सौराहामा करिब १५० होटल छन् । आठ हजार बढी शैंया भएका यी होटलमा छ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया