सत्ता गठबनधनले ११ उपमहानगरमा यसरी मिलायो भागबण्डा
काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको पाँचदलीय सत्ता गठबन्धनबीच ६ वटा महानगरपालिकासँगै ११ वटा उपमहानगरपालिकामा पनि सहमति जुटेको छ ।
उपमहानगरपालिकामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ११ मध्ये सातवटामा मेयरको उम्मेदवार पाएको छ । जसमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, र धनगढीको मेयर पद पाएको हो ।
साथै, कांग्रेसले जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पनि लिएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद पाएको छ भने धरान र धनगढीको उपमेयर हात पारेको छ ।
नेकपा (एमाले) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)ले हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदारी पाएको छ । यसैगरी, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पनि लिएको छ ।
जनता समाजवादी पाटी (जसपा)ले जनकपुर उपमहानगरपालिकाको मेयर तथा कलैया र नेपालगञ्जको उपमेयर लिने निश्चित भएको छ ।
सत्ता गठबनधनकै दल राष्ट्रिय जनमोर्चाले भने कुनै पनि महानगर र उपमहानगरको भागबण्डामा हिस्सा पाएन ।

६ महानगरमा सत्ता गठबन्धनको भागबण्डा मिल्यो, कहाँ कुन दलले पाए मेयर र उपमेयरको उम्मेदवार ?
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया