सामान्य अंकले घट्यो नेप्से
काठमाडौँ -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ । आज विकास बैङ्क समूह शून्य दशमलव ४१, वित्त एक दशमलव २५, जलविद्युत् शून्य दशमलव ५९, लगानी शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ३८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ०१, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बिमा शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।
बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया