बालेनले बोलाए कार्यपालिका बैठक
काठमाडौँ । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।
महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईँका अनुसार कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।
कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईँले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे बोलाइएको कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया