NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित

काठमाडौं– पछिल्लो एक सातामा देशभर ८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा डेंगु संक्रमितको सङ्ख्या १ हजार ८ सय ९० पुगेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ प्रदेशमा ८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

डेंगु देखिएका प्रदेशमध्ये गण्डकीमा सबैभन्दा बढी (३१ जना) संक्रमित थपिएका छन् भने बागमतीमा २३, लुम्बिनीमा १५, कोशीमा ७, सुदूरपश्चिम ७ र मधेश प्रदेशमा ३ जना डेंगु संक्रमित भएका महाशाखाले जनाएको छ ।