मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शुक्रबार प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस वर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रस्ट सुधार देखिएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए ।
‘अर्थतन्त्रमा प्रस्ट सुधार ! हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ । राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया