आफ्नै गाडी भाडामा लिएर चढ्ने गाउँपालिकाका अध्यक्ष !
काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो निजी गाडी गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।
वडा नं. ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन गाडी अध्यक्ष लोप्चन चढ्छन् ।
पालिकाले १ कात्तिक ०७७ देखि ०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने भनिए पनि पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको उल्लेख छ । गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष ०७४/७५ देखि नै कोटेसन गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी भाडामा लिएको थियो ।
पत्नीको नाममा रहेका गाडी भाडामा लिएको प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा नामसारी गरी आर्थिक वर्ष ०७५÷७६ देखि हालसम्म निरन्तर भाडामा लिएर गाउँपालिकाका अध्यक्ष आफैं चढिरहेको राजधानी दैनिकमा खबर छ ।
यो पनि पढ्नुहोस्
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया