‘महत्त्वपूर्ण कानुन संशोधन गरेपछि लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दैछ’-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन संशोधन भएपछि लाइनभन्दा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताएका छन्।
उनले सोमवार समाजिक सञ्जालमार्फत सरकारमा आएको एक वर्ष पुगेको उल्लेख गर्दै एक वर्षका बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएको दाबी गरेका हुन्।
उनले टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि नभएकाले अहिले सुरुवात गरिएको जानकारी दिएका छन् । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ। नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ। सबैमा नमन, सबैलाई धन्यवाद’ उनले भने
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया