सैनिक गणमा गोली चल्यो, एक महिला सैनिकको मृत्यु
काठमाडौं । नेपाली सेनाको एउटा गणमा गोली चलेको छ । गोली लागेर घाइते नेपाली सेनाकी एक महिला जवानको मृत्यु भएको छ ।
कपिलवस्तुको गोरुसिंगेस्थित शमशेर दल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार साँझ ड्युटीमा रहेकी राजवंशीमाथि दुई राउण्ड गोली लागेको थियो । सेनाले उनले आफैंले बोकेको एम १६ राइफलबाट आफैंलाई दुई राउण्ड गोली हानेको दाबी गरेको छ । तथापि, यसबारे अनुसन्धान जारी छ । घाइते उनलाई बुधबार साँझ नै उपचारका लागि रूपन्देहीको प्रादेशिक अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।
नेपाल प्रहरीले नेपाली सेनाको समन्वयमा अहिले घटनामाथि अनुसन्धान गरिरहेको छ ।
नेपाल सेनाभित्र यस्ता प्रकृतिका घटना बेलाबेला हुने गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया