एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिवालय को बैठक आज बस्दैछ । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंग्याएको भोलिपल्ट एमाले सचिवालय बैठक बस्न लागेको हो ।
बैठक अहिले दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बस्ने तय छ ।
बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने बताइएको छ । यी स्थानका उम्मेदवारबारे नगर कमिटीले सिफारिस गरेर केन्द्रमा पठाए पनि चुनाव आउन २१ दिन बाँकी छँदासमेत टुंगो लाग्न सकेको छैन ।
पार्टी केन्द्रले महानगर र उपमहानगरको उम्मेदवारबारे टुंगो नलगाउँदा नेता तथा कार्यकर्तामा अन्योल छ ।
त्यसअघि आजै एमाले केन्द्रीय सल्लाहकार परिषदको पनि बैठक बस्दैछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया