रुपन्देही-३ को उम्मेदवारका लागि साउन ७ बाट प्रक्रिया सुरु गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया ७ साउनबाट सुरु गर्ने भएको छ ।
उक्त क्षेत्रमा उम्मेदवार हुन चाहनेले आउँदो बुधबारदेखि २१ साउनसम्म आवेदन पेश गर्न सक्नेछन् । पार्टीको न्यूनतम मापदण्ड र कानुनी योग्यता पुगेका व्यक्तिहरूले उम्मेदवारको दाबी गरेर आवेदन दिन सक्ने रास्वपाले जनाएको छ ।
उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइल एपबाट आवेदन दिनुपर्ने पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी गराए ।
रास्वपाले प्रारम्भिक मतदानबाट उम्मेदवार छान्ने विधि बनाएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया