रुपन्देही-३ को उम्मेदवारका लागि साउन ७ बाट प्रक्रिया सुरु गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया ७ साउनबाट सुरु गर्ने भएको छ ।
उक्त क्षेत्रमा उम्मेदवार हुन चाहनेले आउँदो बुधबारदेखि २१ साउनसम्म आवेदन पेश गर्न सक्नेछन् । पार्टीको न्यूनतम मापदण्ड र कानुनी योग्यता पुगेका व्यक्तिहरूले उम्मेदवारको दाबी गरेर आवेदन दिन सक्ने रास्वपाले जनाएको छ ।
उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइल एपबाट आवेदन दिनुपर्ने पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी गराए ।
रास्वपाले प्रारम्भिक मतदानबाट उम्मेदवार छान्ने विधि बनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया