१८.४४ अंकले घट्यो नेप्से, साढे २६ अर्बको कारोबार
काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४४ अंकले घटेको छ ।
नेप्सेमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २९६४.२० अंकमा आइपुगेको हो ।
आइतबार नेप्सेमा शेयर कारोबार हुँदा ६३ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने १८६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । समग्रमा नेप्से परिसूचक घट्दा नेप्सेको पुँजीकरण पनि ०.६१ प्रतिशतले घटेको छ ।
आइतबार नेप्सेमा भएको शेयर कारोबारमा समता घरेलु लघुवित्तका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।
आजको कारोबारमा डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चरिङ, लघुवित्त, म्यूचुअ फन्ड र व्यापार समूह बाहेक अन्यको सूचक घटेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया