देशभर हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ , सबभन्दा कम धान रोपाइँ मधेशमा
काठमाडौँ । देशभर हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये ११ साउनसम्म १० लाख ८६ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको हो ।
गत वर्षको तुलनामा झन्डै १३.७६ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत रोपाइँ भएको हो ।
यस्तै गण्डकी प्रदेशमा ८४.५३ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ८७.१९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी मधेश प्रदेशमा सबैभन्दा कम ५१.८२ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ ।
गत वर्ष यही अवधिमा ९२.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेसलाई सुक्खाग्रस्त घोषणा गरिएको हुँदा धान उत्पादन घट्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया