भन्सार एजेन्टको परीक्षा तोकिको समयमा नहुने
काठमाडौं । भन्सार एजेन्टको परीक्षा तोकिएको मितिमा नहुने भएको छ । भन्सार विभागका सूचना अधिकारी पूण्य विक्रम खड्काले परीक्षा स्थगित हुने सूचना जारी नभएपनि परीक्षा सर्ने निश्चित भएकाे बताए ।
भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।
आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा तत्काल परीक्षा सञ्चालन नगर्न भनेकोले परीक्षा सर्ने उनको भनाइ छ । आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा सञ्चालन गर्न समेत भन्सार विभागलाई निर्देशन दिएको उनले जानकारी दिए ।
विभागले वैशाख १७ गते परीक्षा मिति तोकेको थियो । त्यसभन्दा अघि पनि विभिन्न कारणले पटक पटक परीक्षा स्थगित हुँदै आएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया