भन्सार एजेन्टको परीक्षा तोकिको समयमा नहुने
काठमाडौं । भन्सार एजेन्टको परीक्षा तोकिएको मितिमा नहुने भएको छ । भन्सार विभागका सूचना अधिकारी पूण्य विक्रम खड्काले परीक्षा स्थगित हुने सूचना जारी नभएपनि परीक्षा सर्ने निश्चित भएकाे बताए ।
भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।
आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा तत्काल परीक्षा सञ्चालन नगर्न भनेकोले परीक्षा सर्ने उनको भनाइ छ । आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा सञ्चालन गर्न समेत भन्सार विभागलाई निर्देशन दिएको उनले जानकारी दिए ।
विभागले वैशाख १७ गते परीक्षा मिति तोकेको थियो । त्यसभन्दा अघि पनि विभिन्न कारणले पटक पटक परीक्षा स्थगित हुँदै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया