सुनको भाउमा नयाँ कीर्तिमान, हालसम्मकै महँगो
काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया