जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार
काठमाडौँ । सरकारले जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार गरेको छ ।
जलवायु वित्त परिचालनलाई प्रभावकारी बनाउन जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार गरेको अर्थ मन्त्रालय अन्तर्गत वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।
आन्तरिक स्रोतले मात्रै जलवायुजन्य आवश्यकता पूरा गर्न कठिन भएपछि बाह्य वित्तीय स्रोतमा पहुँच पुर्याउनका लागि कार्यविधि चाहिएको हो ।
कार्यविधिले जलवायु वित्त परिचालनका लागि हानि नोक्सानी, जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण, कार्बन व्यापारका क्षेत्रलाई प्राथामिकिकरण गरेको छ ।
जलवायु वित्त परिचालनमा भएको खण्डीकरण र दोहोरोपना रोक्न साझा जलवायु कोष अवधारणा अनुसार जलवायु वित्तको परिचालन गरिने मस्यौदामा उल्लेख छ । कार्यविधि अनुसार निजी क्षेत्रमा जलवायु वित्त परिचालन गर्दा परियोजनालाई मान्यताप्राप्त निकायले मन्त्रालयमा स्वीकृतिको लागि पेश गर्नुपर्नेछ ।
परियोजना प्रस्ताव गर्दा मन्त्रालयले सम्बन्धित विषयगत मन्त्रालयको राय लिनुपर्नेछ । निजी क्षेत्रले लिने ऋणको सार्वभौम जमानी नेपाल सरकार बस्नेछैन । परियोजना सिफारिस गर्दा नेपाल सरकारलाई भविष्यमा वित्तीय दायित्व नपर्ने विषय खुलाई सिफारिस गर्नुपर्न व्यवस्था मस्यौदामा राखिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया