भोलिदेखि देशभर एसइई परीक्षा सञ्चालन हुँदै

काठमाडौं । भोलिबाट देशभर एसइई परीक्षा सञ्चालन हुने भएको छ । गत दुई वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण एसइई परीक्षा लिन पाएको थिएन । बोर्डले दुई वर्ष नै आन्तरिक मूल्याङकनद्वारा परीक्षार्थीको नतिजा सार्वजनिक गरेको थियो ।
यस वर्ष भने बोर्डले परीक्षा सञ्चालन गर्ने भएको छ । यस वर्ष परीक्षा दिने परीक्षार्थी ५ लाख १४ हजार ७ सय ६० रहेको बोर्डले जानकारी गराएको छ । एसइई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाको लागि आवश्यक सामग्री तथा प्रश्नपत्रसहित उत्तर पुस्तिका सबै प्रदेशमा पुगिसकेको उनले बताए ।
बोर्डले परीक्षाका लागि दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्र निर्धारण गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया