भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने
काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत किन्ने भएको छ । भारत सरकार नेपालका दुई जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् खरिद गर्न सहमत भएको हो ।
भारत सरकारले भदौ ५ गते नेपालका जलविद्युत् आयोजनाहरू मेवा खोलाबाट ४८.५ र करुवा सेती हाइड्रो पावरबाट ३१.०४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको हो ।
यसअघि १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी अब नेपालले कुल १०९०.९ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ । बंगलादेशमा ४० र भारतमा १०९०.९ गरी नेपालले ११३०.९ मेगावाट विद्युत् विदेश निर्यात गर्ने भएको छ ।
ताजा अपडेट
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?


प्रतिक्रिया