नेप्से ५३ अंकले बढ्यो
काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आधा सेन्चुरीले बढेको छ ।
बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको छ । एक दिन नेप्से १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ ।
बुधबार ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा २३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५२८ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह बढेको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया