भोलि एमालेको केन्द्रीय कार्यालयमा सार्वजनिक हुँदै ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला कहाँ होलान् ? धेरैको लागि यो चासोको विषय हो । गत भदौ २३ मा जेन जी पुस्ताले गरेको आन्दोलनको बलमा नयाँ अन्तरिम सरकार गठन भइसक्दा पनि हालसम्म ओलीको तर्फबाट कुनै पनि औपचारिक वक्तव्य आएको छैन ।
आन्दोलनको दिन प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भइसक्दा पनि राजीनामा दिन नमानेका ओली भोलिपल्ट अवस्था नियन्त्रण बाहिर पुगेपछि भने राजीनामा दिन बाध्य भए । नेपाली सेनाले उनलाई सोही दिन सुरक्षा दिँदै शिवपुरी पुर्याएको थियो। उनीसँगै धेरैजसो शिर्ष नेता तथा मन्त्रीहरुलाई सेनाले शिवपुरीमा शरण दियो । बुधबारबाट पार्टीका नेताहरु सार्वजनिक हुन थालेपनि ओली भने अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
एमालेका एक नेताका अनुसार उनी भोलि शुक्रबार च्यासल स्थित एमाले पार्टी मुख्यालयमा सार्वजनिक हुँदैछन् । संयोगले भोलि संविधान दिवस पनि परेको छ । प्रदर्शनकारीले एमालेको केन्द्रीय कार्यालयसँगै बाल्कोटस्थित ओलीको घर पनि जलाइदिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया