शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि कार्यदल गठन
काठमाडौं । शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि सरकारले कार्यदल बनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेका हुन् ।
शुक्रवार (आज) मन्त्रीस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजक नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको छ ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन् । निरौलालाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।
जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीवार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको थियो । बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भएको थियो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो ।
दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भएको थियो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुगेको थियो ।
त्यससँगै बिहीवारका लागि कारोबार नै बन्द हुन पुगेको थियो । सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएपछि अर्थमन्त्री खनालले चासो देखाएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया