नेपालको व्यापार घाटा १३ खर्ब नाघ्यो, १ खर्ब ६० अर्बको निर्यात
काठमाडाैं चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड रूपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो ।
अघिल्लो आवको पहिलो ९ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब १६ अर्ब थियो । त्यस्तै चालु चालु आवको ८ महिनासम्ममा नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रूपैयाँ थियो । एक महिनाको अविधमा २ खर्ब भन्दा बढीले व्यापार घाटा चुलिएको छ ।
चालु आवको ९ महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रूपैयाँ बराबरको आयात गरेको छ । विभागको तथ्यांक अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड बराबरको सामान आयात गरेको हो ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३१.९७ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ११ खर्ब ११ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा नेपालले हालसम्मकै उच्च निर्यात गरेको छ । सोही अविधमा नेपाले १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको सामान निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ६९.४४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ९४ अर्ब ७६ करोड बराबरको सामान निर्यात गरेको थियो ।
९ महिनाको अवधिमा नेपालले डिजेल मात्र १ खर्ब ५ अर्ब बराबरको आयात गरेको छ । त्यस्तै ४७ अर्ब २३ करोडको पेट्रोल, ४५ अर्ब ५८ करोडको कच्चा सोयाबिन तेल, तथा ४५ अर्ब ३४ करोडको खाना पकाउने ग्यास आयात गरेको छ । यस अवधिमा नेपालले ४३ अर्ब ३० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया