हमासद्वारा ‘बिदाइ तस्बिर’ सार्वजनिक
काठमाडौं – प्यालेस्टिनी सशस्त्र समूह हमासको सशस्त्र शाखा, कसम ब्रिगेडले गाजामा बन्धक बनाइएका ४८ जनाको तस्बिरसहित एक ‘बिदाइ पोस्टर’ सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका तस्बिरहरूमा नेपाली विद्यार्थी विपिन जोशीको अनुहार पनि देखिन्छ।
शनिबार सार्वजनिक गरिएको उक्त पोस्टर इजरायली सेनाले गाजा सहरमा आफ्नो सैन्य कारबाही तीव्र बनाइरहेका बेला सार्वजनिक भएको हो। हमासले सार्वजनिक गरेको पोस्टरमा जीवित र मृत सबै बन्धकहरूका अनुहारहरू समेटिएका छन्। प्रत्येक तस्बिरमुनि सन् १९८६ मा लेबनानबाट बेपत्ता भएका इजरायली वायुसेनाका पाइलट रोन अरादको नाम लेखिएको छ। उनको अवस्था अहिलेसम्म अज्ञात छ र उनलाई मृत मानिन्छ।
विश्लेषकहरूका अनुसार, हमासले पोस्टरमार्फत इजरायललाई मनोवैज्ञानिक दबाब सिर्जना गर्दै चेतावनी दिएको छ। पोस्टरमा लेखिएको छ, ‘नेतान्याहुको अस्वीकार र जमिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदाको एक बिदाइ तस्बिर।’ यसले हमासले बन्धकहरूको सम्भावित क्षतिको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाका प्रमुख इयाल जमिरमाथि थोपर्न खोजेको स्पष्ट संकेत दिन्छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया