किम जङ उनले दक्षिण कोरियाली नेता मुन जेलाई पत्र पठाए
काठमाडौं । उत्तर कोरियाका शीर्ष नेता किम जङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग व्यक्तिगत पत्र आदानप्रदान गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
रिपोर्टमा भनिएको छ, ‘नेता किमले बुधबार मुनबाट व्यक्तिगत पत्र प्राप्त गरेपछि बिहीबार आफ्नो जवाफी पत्र पठाएका छन् र दुई नेताहरूले पत्रहरूमा शुभकामना आदानप्रदान गरेको बताइएको छ ।’
केसिएनएका अनुसार मुनले आफ्नो पत्रमा उत्तर-दक्षिण संयुक्त घोषणालाई आफ्नो अवकाशपछि पनि पुनर्मिलनको आधार बनाउन आफू इच्छुक रहेको बताएका छन् ।
आफ्नो जवाफमा, किमले कार्यकालको अन्तिम दिनसम्म राष्ट्रको महान कार्यका लागि मुनले गरेको संघर्षको प्रशंसा गर्दै यदि दुवै देशले चाहेको र अपेक्षा गरे अनुसार अन्तर कोरियाली सम्बन्धमा सुधार र विकास हुनेछ भन्ने आशय व्यक्त गरेका छन् ।
दुवै देशहरूले आशाका साथ अथक प्रयास गरिरहेका छन् । ‘दुई नेताहरू बीचको व्यक्तिगत पत्रको आदानप्रदान उनीहरूको गहिरो विश्वासको अभिव्यक्ति हो’ रिपोर्टमा थपिएको छ। द्विपक्षीय सम्बन्ध सुधार गर्न किम र मुनले २०१८ मा तीन पटक भेटवार्ता गरेका थिए ।
त्यस वर्ष सेप्टेम्बर १९ मा दुई नेताहरूले प्योङयाङमा एक सम्झौतामा हस्ताक्षर पनि गरे । उक्त हस्ताक्षरमा सैन्य सम्झौता, नागरिक आदानप्रदान र थुप्रै क्षेत्रमा सहयोगको लागि आह्वान गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया