झन्डै १४ करोड अमेरिकी प्रदुषित हावामा सास फेर्छन्
काठमाडौ । करिब १३ करोड ७० लाख अमेरिकी नागरिक खराब अवस्था रहेको हावा अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ । बिहीबार यहाँ सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ ।
उक्त रिपोर्ट अनुसार यहाँका करिब १३ करोड ७० लाख अमेरिकी नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ ।
अमेरिकी लङ एसोसिएसनले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको समाचारमा जनाइएको छ । यहाँ खराब वायुको मात्रा बढ्दै गएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख भन्दा केही बढी रहेको भए पनि यो मात्रा बढेको पाइएको सो प्रतिवेदनमा जनाइएको छ । सन् २००० देखि उक्त संस्थाले यहाँको वायुको गुणस्तरीयता मापन गर्ने गर्दै आएको छ ।
पछिल्लो समयमा सो एसोसिएसनले यस्तो खराम वायुमा बस्न बाध्य भएका नागरिकको संख्याका बारेमा पनि अनुसन्धान गर्ने गरेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया