सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ
काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आइतबार सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।
त्यसतै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया