कोरोना संक्रमण भएको ५०५ दिनसम्म पनि पोजेटिभ

काठमाडौं । कोरोना भाइरसको बढ्दो गतिका बीच बेलायतमा आश्चर्यजनक रिपोर्ट सार्वजनिक भएको छ । वैज्ञानिकका अनुसार त्यहाँ एक बिरामीमा ५०५ दिनदेखि कोरोना संक्रमण भएको थियो र अन्तिममा उनको मृत्यु भयो ।
लामो समयसम्म कोरोना भाइरसको संक्रमण हुनुको मुख्य कारण बिरामीको कमजोर प्रतिरक्षा प्रणाली भएको वैज्ञानिकले जनाएका छन् ।
बेलायतका वैज्ञानिक डा. ल्युक ब्लागडन स्नेलका अनुसार यो अहिलेसम्म सबैभन्दा लामो समयसम्म भएको संक्रमण हो ।
डा. स्नेल र उनको टिमले कोरोनाको लामो समयसम्म भएको संक्रमणबारे एक अध्ययन गरेका छन् । अनुसन्धानमा बिरामीको शरीरमा भाइरस म्युटेसन हुनु र नयाँ कोरोना भेरिएन्ट बन्ने बारे परीक्षण गरिएको थियो ।
डा स्नेलका अनुसार ती बिरामी सन् २०२० मा संक्रमित भएका थिए । यसपछि ५०५ दिनसम्म संक्रमणसँग जुधेका उनको सन् २०२१ म मृत्यु भयो । उपचारको क्रममा रेम्डेसिभिर औषधि चलाइएको थियो । वैज्ञानिकले उनको मृत्युको स्पष्ट कारण अझै बताएको छैन । ती व्यक्ति अन्य दीर्घ रोगबाट पनि ग्रसित थिए ।
रिसर्चमा समावेश गरिएको ९ जनामध्ये २ जना विना उपचार ठिक भएका थिए । २ जना उपचारपछि र १ जनामा अझै संक्रमण भइरहेको छ । पछिल्लो पटक उनको कोरोना परीक्षण गर्दा ४१२ दिन पुगिसकेको थियो ।
ताजा अपडेट
-
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
-
समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि : अध्यक्ष प्रचण्ड
-
ट्रम्पको नयाँ निर्णय: स्टिल र अलुमिनियम आयातमा ५०% कर लागू
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
-
देशभर बर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया