चीन–भारत सीमा विवादमा तेस्रो पक्षको आवश्यकता छैन : चीन
काठमाडौं – चीनले बिहीबार भारतसँगको सैन्य तहको वार्तालाई ‘सकारात्मक र रचनात्मक’ भएको बताएको छ। सीमा समस्यालाई राम्ररी सम्हाल्न चीनले भारतसँग मिलेर काम गर्ने बताएको छ।
एक प्रश्नको जवाफ दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु छियानले भने, ‘चिनियाँ पक्षले यो चरणको वार्ता सकारात्मक र रचनात्मक भएको विश्वास गरेको छ र चीनले सीमा समस्याको उचित समाधानका लागि छलफल र परामर्श जारी राख्नेछ।’
यसैबीच, प्रेस सम्मेलनमा वु कियानले अमेरिकामा ह्वाइट हाउसका प्रवक्ता जेन साकीको टिप्पणीको कडा आलोचना गरे। साकीले चीनले भारत–चीन सैन्य वार्ता अघि छिमेकी देशहरूलाई धम्की दिन खोजेको आरोप लगाए।
वु छियानले आफ्नो विज्ञप्तिमा भारत र चीनबीचको सीमा विवाद दुई देशबीचको मुद्दा भएको बताए । दुवै पक्ष तेस्रो पक्षको हस्तक्षेपको विरुद्धमा भएको उनको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:११:००
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया