अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु्
काठमाडौं (एजेन्सी) । अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो ।
घटनामा पनि अरु झण्डै ४० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
हरेक शुक्रबार हुने प्राथना सकिएको केही समयमै मस्जीदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
स्थानीय समयअनुसार दिउसो २ः३० बजे विस्फोट भएको हो । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
घटनास्थललाई अहिले तालिवान सरकारका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।
यसअघि गत बिहीबार भएको विस्फोटनको घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया