NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

तोलामा २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले घटेर दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर तीन हजार १७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।