NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एकै दिन पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकै दिन सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर दुई लाख ५० हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।