पशुपतिमा जेनजी सहिदको सम्मानमा पर्सि दीप प्रज्ज्वलन
काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको विद्रोहका क्रममा ज्यान गुमाएका शहीदको सम्मानमा पशुपति क्षेत्र विकास कोषले दीप प्रज्ज्वलन गर्ने भएको छ ।
यही मंसिर २ गते राति बालाचतुुर्दर्शीका दिन सरकारले शहीद घोषणा गरेकाहरूको आत्माको शान्तिको कामना गर्दै कोषले दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्न लागेको हो ।
कोषले सम्पर्क व्यक्ति र उनीहरूको मोबाइल फोन नम्बर सार्वजनिक गर्दै शहिद परिवारका सदस्यहरूलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।
त्यस्तै, कोषले सतबिज छर्न २ हजार १०० शुल्क तोकेको छ । कोषका अनुसार कोषबाट रु २ हजार १०० को रसिद काटी आवश्यक सामग्रीसहित सम्बन्धित कर्ताबाट सङ्कल्प गरी मंसिर २ गते दीप प्रज्ज्वलन हुनेछ भने ३ गते बिहान त्यसलाई विसर्जन गरिनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया