टेलिकमको बक्यौता बुझाउनेलाई जरिवाना छुट, अटेरी गरे कालोसूचीमा
काठमाडौं । नेपाल टेलिकमले बक्यौता रकममाथि लागेको जरिवाना छुट दिने भएको छ । बक्यौता रकम भुक्तानीका लागि छुटसहित अन्तिम मौका दिएको टेलिकमले तोकिएको अवधिभित्र रकम भुक्तानी नगरेमा कालोसूचीमा राख्ने तयारी गरेको छ ।
आर्थिक वर्ष ०७९/८० सम्म दूरसञ्चार सेवा उपभोग गरेर बक्यौता रकम नबुुझाएका कारण जरिवानामा परेका सेवाग्राहीलाई टेलिकमले सहुलियत प्रदान गर्न लागेको हो ।
आर्थिक वर्ष ०७९/८० सम्मको बक्यौता रकम आगामी मंसिर १ गतेदेखि ०८२ माघ मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट गरिएको नेपाल टेलिकमले जनाएको छ ।
उक्त अवधिमा बक्यौता रकम भुक्तानी नगर्नेविरुद्ध भने टेलिकम कडा रूपले प्रस्तुत हुने भएको छ । टेलिकमका अनुसार उक्त अवधिभित्र बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको नाम पत्रिकामा र वेबसाइटमा प्रकाशन गर्नुका साथै कालोसूचीमा समावेश गर्ने प्रक्रिया पनि अघि बढाइनेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन



प्रतिक्रिया