तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
यस्तो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको मात्रै रेमिट्यान्स २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहको छ ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । असोजमा ५ खर्ब नाघ्दा गत साउन र भदौमा रेमट्यिान्य ३ अर्ब ५२ अर्ब आएको थियो । नेपालमा भित्रिएको रेमिट्यान्स एकै महिनमा अहिलेसम्मकै धेरै हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया