प्राधिकरणद्वारा एक इन्टरनेट सेवाप्रदायकको लाइसेन्स रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवाप्रदायकलाई दिएको लाइसेन्स रद्द गरेको छ ।
गण्डकी कम्युनिकेशन प्रालि, कास्कीलाई प्रदान गरिएको इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र प्राधिकरणले रद्द गरेको हो ।
गण्डकीले लाइसेन्स नवीकरणका लागि तोकिएको समयावधिभित्र आवेदन नदिएपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम रद्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
गत कात्तिक २३ देखि गण्डकीको लाइसेन्स रद्द गरेको प्राधिकरणले ३० दिनभित्र बाँकी बक्यौता रकम चुक्ता गर्न पनि निर्देशन दिएको छ । अन्यथा प्रचलित कानूनअनुसार गण्डकीमाथि कारबाही प्रक्रिया अघि बढाउने चेतावनी प्राधिकरणको छ ।
गण्डकीले ०६७ सालमा इन्टरनेट र इमेलसहितको सेवा प्रदान गर्न पाउने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स लिएको थियो । त्यस्तो लाइसेन्स नियमति नवीकरण गर्नुपर्नेमा पछिल्लो केही समययता गण्डकीले गरेको थिएन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया