सिमराका जनताले जस्तो हिम्मत देशभरकाले देखाउन जरुरी छ : सुदन गुरुङ
काठमाडौं । जेन–जी अभियन्ता सुदन गुरुङले सिमराका जनताले बुधबार देखाएको जस्तो हिम्मत देशभरकाले देखाउन जरुरी भएको बताएका छन् ।
सिमरामा जेन–जीहरूले प्रदर्शन गरेको भिडियो साझा गर्दै उनले देशभरका जनताले सिमराका जनताले जस्तै हिम्मत देखाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले आफ्ना जिल्ला को–अर्डिनेटरलाई धन्यवाद दिँदै देशप्रेमीहरूलाई एकजुट हुन आह्वान पनि गरेका छन् ।
‘सिमराका जनताले देखाएको हिम्मत देशभरका जनताले देखाउन जरुरी छ । पार्टी प्रेमी होइन देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छ। हाम्रा बारा जिल्ला को–अर्डिनेटर सम्राट उपाध्यायलाई सलाम गर्न चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन् ।
बुधबार पार्टीले बारामा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत हवाई मार्ग हुँदै त्यसतर्फ जान लागेको थाहा पाएपछि जेन–जीहरूले सिमरा विमानस्थल बाहिर प्रदर्शन गर्दै विमानस्थलको गेट तोडफोडसमेत गरेका थिए । त्यसपछि पोखरेल र बस्नेत सिमरा नगई यतै रोकिन बाध्य भएका थिए । यद्यपि, जेन–जीहरूले भने आफूहरूको पूर्वनिर्धारित कार्यक्रममा एमालेका कार्यकर्ताहरूले हस्तक्षेप गरी कुटपिट गरेकाे र त्यसको प्रतिक्रियास्वरूप घटना भएको जनाएका छन् । आगामी फागुन २१ का लागि निर्वाचन घोषणा गरिएको सन्दर्भमा दलका नेतालाई अवरोध गरिएपछि चिन्ता, चासो र आलोचना चुलिएको छ ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया