सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ भने त्यति नै परिमाणको चाँदी ३५ रुपैयाँले बढेको छ । आज एक तोला सुनको मोल दुई लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १८५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया