NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

सेवा विस्तारमा अब किष्ट शिक्षण अस्पताल र मेदान्त अस्पताल सँगसँगै

काठमाडौं ।  किष्ट शिक्षण अस्पतालले उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालबीच औपचारिक सम्झौता भएको छ । आज ललितपुर स्थित हिमालय होटेलमा एक कार्यक्रम गर्दै मेदान्त अस्पतालका प्रतिनिधी तथा अन्तराष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र अन्तराष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमित कुमार ओझाको उपस्थितीमा सम्झौतामा हस्ताक्षर भएको हो ।

हालै मात्र अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता NABH Accreditation (एनएबिएच मान्यता) प्राप्त गरेको थियो । एनएबिएच मान्यता प्राप्त गरेको एक वर्षभित्रै किष्टले अन्तर्राष्ट्रियस्तरको यो साझेदारी सुरू गरेको हो।

सम्झौता पश्चात दुवै अस्पतालबीच Clinico-Surgical Excellence in Collaboration (चिकित्सकीय तथा शल्य-उपचार सहकार्यमा उत्कृष्टता) को ढाँचामा प्रविधि, विशेषज्ञता र ज्ञान आदानप्रदान हुनेछ। यस सम्झौता बाट किष्टमा अत्याधुनिक उपकरण तथा उपचार सेवाको विस्तार भई जटिल रोगको उपचार र Follow-up (अनुगमन) सेवा नेपालमै सहज हुने अपेक्षा गरिएको किष्ट अस्पतालका अस्पताल निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बताउनुभयो ।

सहकार्यले Cardiac Surgery (हृदय शल्यक्रिया), Bone Marrow Transplant (अस्थि मज्जा प्रत्यारोपण), Radiation Oncology (किरण उपचार) लगायतका Specialty Services (विशेष सेवाहरू) को क्षमतामा वृद्धि गर्नेछ भने चिकित्सक र प्राविधिक कर्मचारीका लागि तालिम र विशेषज्ञता आदानप्रदानका अवसर पनि उपलब्ध हुनेछन्।

दुवै संस्थाबीच Telemedicine (दुरदराज स्वास्थ्य सेवा) प्रणाली जडान गरिनेछ भने गम्भीर अवस्थाका बिरामीका लागि Air Ambulance (हवाई एम्बुलेन्स सेवा) मार्फत रेफरल र उपचार प्रक्रिया सहज हुनेछ।

किष्ट शिक्षण अस्पताल एक Multi-Disciplinary Tertiary Care Center (बहुविषयक तृतीयस्तर स्वास्थ्य सेवा केन्द्र) हो भने मेदान्त अस्पताल भारतको प्रमुख Multi-Super Specialty International Healthcare Institution (बहु-विशेषज्ञता सम्पन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था) मानिन्छ।यस सहकार्यलाई KIST-Medanta Health Partnership (किष्ट-मेदान्त स्वास्थ्य साझेदारी)नाम दिइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष