१०० का नयाँ नोट आजदेखि चलन चल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १०० रूपैयाँको नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ ।
बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको साविककै आकार तथा रङ्गको नोट राष्ट्र बैंकले प्रचलनमा ल्याउन लागेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै संकेत नं. क/ २०, ०००००१ देखि घ/४०, ९९९९९९ सम्मको नयाँ नाेट बिहीबारदेखि प्रचलनमा ल्याउन लागेको जनाएको छ ।
नयाँ नोटको मध्य भागमा साविककाे जस्तै नेपालको नक्सा र अशोक स्तम्भसँगै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ । त्यस्तै, दृष्टिविहीनहरूले छामेर नोटको पहिचान गरुन् भनेर कालोथोप्ला र अण्डाकारभित्र सिल्भर मेटललिकमा मायादेवीको चित्र राखिएको छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीकाे दस्तखत रहेकाे नाेटकाे तल्लाे भागकाे बाेर्डरमा नाेटकाे सेरिज नम्बर अंग्रेजीमा लेखिएकाे छ ।
०७६ असोज ७ देखि प्रचलनमा ल्याउने भनिएको १०० का नयाँ नोटमध्ये सबै चलनचल्तीमा नल्याइएको पनि राष्ट्र बैंकले जनाएको छ । घोषणा गरिएअनुसार ती नोट प्रचलनमा नल्याउनुको कारणबारे भने राष्ट्र बैंकले केही उल्लेख गरेको छैन ।
ताजा अपडेट
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया