कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान उत्तिकै रहेको बताएकी छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्त टिप्पणाीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई अनुरोध गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत् कार्कीले यस्तो बताएकी हुन् ।
‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन’, प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’
ताजा अपडेट
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ


प्रतिक्रिया