एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री
तनहुँ । तनहुँको व्यास नगरपालिका-१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष रु. दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यति बेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ ।
बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु. १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्व शिक्षकसमेत रहेका उनले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु. दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए ।
कालबहादुर रानाले आफूले रु. चार लाखको सुन्तला बिक्री गरेको सुनाए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । उनले भने, “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।”
स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तला खेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको बताए । उनले भने, “प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।” थापाले यस वर्ष रु. दुई लाख १० हजारको सुन्तला बिक्री गरे ।
भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए । उनले भने, “अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।”
बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यति बेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया